FAQs Complain Problems

सामी परियोजना

सामी परियोजनाः

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार सुरक्षित आप्रवासन परियोजना नेपालमा सन २०११ देखी संचालनमा आइरहेको छ । हाल सुरक्षित आप्रवासन परियोजना (SaMi)  तेस्रो चरण परिवर्तित सन्दर्भको संघीय संरचना अनुरूप स्थानीय सरकारहरू मार्फत कार्यान्वयन हुने गरी संचालन भइरहेको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको यो परियोजना ३९ जिल्लाका १५६ स्थानीय तहहरुमा सञ्चालित छ भने हाललाई परियोजनाको अन्तिम समयसिमा  २०७९ असार ३१ सम्म रहेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्बन्धित स्थानीय तहहरूको व्यवस्थापन तथा कार्यान्वनमा यस परियोजनाका कार्यक्रमहरू सञ्चालनमा रहेको छ। हेल्भेटास नेपालले प्रभावकारी कार्यक्रम सञ्चालनका लागि प्राविधिक सहयोग उपलब्ध गराएको छ।  

उद्देश्य

  • वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने ।
  • गन्तव्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना, सीप,
  • परामर्श लगायतका सहयोग प्रदान गर्ने ।
  • वैदेशिक रोजगारमा सम्वद्ध निकायहरुको क्षमता अभिवृद्धि मार्फत वैदेशिक रोजगारीका प्रतिफल बृद्धि गर्ने ।

 

लक्षित वर्ग 

  • वैदेशिक रोजगारमा जाने सम्भावित कामदार ।
  • वैदेशिक रोजगारमा रहेका कामदार ।
  • वैदेशिक रोजगारबाट फर्केका कामदार ।
  • वैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यहरु ।

मुख्य कार्यहरू

  • सुचनामा पहुँचः सुरक्षित वैदेशिक रोजगारीका लागि आवश्यक सुचना उपलब्ध गराउने, आवश्यकता अनुसार परामर्श प्रदान गर्ने ।
  • सीपमा पहुँचः सामी परियोजनाद्वारा संचालित खाना तथा आवास सहितको निःशुल्क सीप तालिमहरूबारे जानकारी दिने, सीपको महत्व तथा आवश्यकता बारे बताउने साथै सीपका लागि सिफारिश गर्ने ।
  • न्यायमा पहुँचः वैदेशिक रोजगारीका विभिन्न चरणमा समस्यामा परेकाहरूलाई न्यायको पहुँचमा पुर्‍याउने, ठगी, विदेशमा अलपत्र, विदेशमा मृत्यु भएकाको शव ल्याउने, आर्थिक सहायताको लागि सहजीकरण गरिदिने ।
  • वित्तीय साक्षरताः विप्रेषण प्राप्त गर्ने विशेषगरी महिला सदस्यहरू लक्षित वित्तीय साक्षरता कक्षा संचालन गर्ने, 
  • मनोसामाजिक परामर्शः वैदेशिक रोजगारीको क्रममा व्यक्ति स्वयंले वा परिवारका सदस्यले मनोसामाजिक समस्याहरू पहिचान गरी सोको निराकरणका लागि मनोसामाजिक परामर्श उपलब्ध गराउने,

सुरक्षित आप्रवासन परियोजना भद्रपुर नगरपालिकाले यो परियोजना आ.व. २०७६/०७७ बाट संचालन गरिरहेको छ । परामर्शदाता संस्थाको रूपमा विराट सामुदायिक अध्ययन केन्द्र विर्तामोडले यो कार्यक्रम सहजीकरण गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयको हाताभित्र १५नं कोठामा भद्रपुर नगरपालिकाको आप्रवासी स्रोतकेन्द्रमार्फत सुचना तथा परामर्श, सीप र न्याय सम्वन्धी कार्य गरिरहेको छ ।

वैदेशिक रोजगारी सम्वन्धी कुनै समस्या वा जानकारी आवश्यक भएः

आप्रवासी स्रोत केन्द्र भद्रपुर, जिल्ला प्रशासन कार्यालयको १५ नं कोठाः ०२३-४५६७१६

   इ-मेलः mrcjhapa2020@gmail.com

www.facebook.com/mrcjhapa

प्रत्यक्ष श्रम कल सेन्टरमा सम्पर्क गर्नको लागिः ११४१

                               भाइबरः +9779801800013

 

अन्य विविध विषयको जानकारीको लागिः इन्फोग्राफ | Ujyaalo Online:: Nepal News, Nepali Samachaar